बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार
काठमाडौं, २९ माघ । रुपन्देहीको भैरहवास्थित बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार भएका छन् । सोमबार राति करिब १२ बजेको समयमा कारागारको वरपर लगाईको लगाइएको काँडेतारको प्वालबाट उनीहरु फरार भएको स्रोतले जनाएको छ ।
बालगृहका अनुसार फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह(७, रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी(४, प्युठानका १६ वर्षीय सुरेश घर्ती, चोरी मुद्दामा एक महिना १५ दिन सजाय पाएका तानसेन(३, पाल्पाका १७ वर्षीय सन्दीप रणपाल, चोरी मुद्दामा एक महिना कैद सजाय भोगिरहेका विरुवा गाउँपालिका(४, स्याङ्जाका १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार(३, उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा ९सविन पौडेल० र चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका बुटवल(८ का १५ वर्षीय राजेश सुनार रहेको छन् ।
१८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ । सुधार गृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो ।
त्यही क्रममा उनीहरुले योजना बनाएर फरार भएको हो। फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्