पञ्चकन्याद्वारा डिलरहरुको लागि अष्ट्रेलिया भ्रमणको आयोजना
काठमाडौं, २९ माघ । पञ्चकन्या ग्रुपले यहि २०७५ माघ २१ गतेदेखि २०७५ फागुन १ गतेसम्म आफ्ना आधिकारिक विक्रेताहरु र तिनका परिवारहरुलाई १० दिनको अष्ट्रेलियाको हौसला भ्रमणको आयोजना गरेको थियो । भ्रमण अवधिभर उनीहरुलाई अष्ट्रेलियाको मेलबर्न, गोल्डकोइष्ट, ब्रिशवेन, सिड्नी जस्ता प्रमुखशहरहरुको भ्रमण गराइएको थियो ।
भ्रमणमा डिलर र तिनका परिवारहरु गरी जम्मा ६५ जनाको सहभागिता थियो भने यात्रा अवधिभरको खाने बस्ने व्यवस्था, हवाई टिकट, स्थानी ययातायात तथा अन्य सम्पूर्ण खर्च पञ्चकन्या ग्रुपले व्यहोरेको थियो । डिलरहरुलाई नजिकका छिमेकी राष्ट्र तथा एशियाका पर्यटकीय देशको भ्रमण गराउनु जति सजिलो छ अष्ट्रेलिया भ्रमणको चाँजोपाजो मिलाउन ठूलै परिश्रम र विभिन्नचूनौतिको सामनागर्नु परेको ग्रुपले जनाएको छ ।
त्यसै गरी यस्ता कार्यक्रमले व्यापार व्यवसाय प्रबद्र्धन गर्न थप सघाउ पुग्ने तथाव्यवसायी र डिलरबीच सुमधुर सम्बन्धकायम राख्न सहयोग पुग्ने हुँदा काममा नयाँ उर्जा हासिलहुने समेत विश्वास लिइएको छ । ग्रुपले आफ्ना डिलरहरुको लागि यस्ता प्रकारका हौसला अभिवृद्धि गर्ने कार्यक्रमहरु प्रत्येक वर्ष नियमित रुपमा आयोजना गर्ने गरेको छ ।














प्रतिक्रिया दिनुहोस्