धनगढी प्रिमियर लिगमा आज पनि दुई खेल हुँदै, कसको प्रदर्शन कस्तो लहला त ?

काठमाडौं, माघ २९ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट ९डपिएल० मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा सिवाईसी अत्तरिया र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल अहिलेकेहिबेरमा सुरु हुनेछ ।

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया धनगढीलाई हराउँदै जितबाट प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

सोमपाल कामीको धनगढी पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा काठमाडौं गोल्डेन्ससंग ४ विकेटले पराजित धनगढीलाई प्ले अफको सम्भावना बलियो बनाउन आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । यस्तै आजै हुने दोस्रो खेलमा विराटनगर किङस र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

करण केसीको कप्तानीमा रहेको विराटनगर जितबाट प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छ भने विराटनगरको यो पहिलो खेल हो ।

प्रतिक्रिया दिनुहोस्