तीन प्रदेशको सीमा विवाद: कुन- कुन प्रदेश परे त ?
काठमाडौं, माघ २९ । प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिमका सीमामा रहेका बर्दियाको सयौँ बिघा जमिनमा विवाद भएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमिनको विवाद छ । बबई नदी वरिपरी बर्दियाको बाँसगढी र पारि सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडिए पनि नक्सामा भने सुर्खेतको हर्रेडाँडादेखि तलको भूभाग बर्दियामै देखिएको छ ।
सीमा निर्धारण आयोग नबन्दा प्रदेशस्थित जिल्लाका सीमा विवाद अल्झिएको छ । सीमा विवाद सम्बन्धमा प्रदेश नं ५ का मुख्यमन्त्रीलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको कमाटु दिगो विकास समितिका बिन्तीराम थारुले बताए । उनले भने “कर्णाली र बबई नदीको सीमा क्षेत्रमा रहेका बर्दियाका भूमि विवादित छ”, ।
जिल्लाबाट सीमा विवादका उजूरी सङ्घीय तथा प्रदेश सरकारमा पेश भए पनि आयोग गठन हुन नसक्दा विवाद समाधान भएको छैन । सीमा निर्धारणका लागि संवैधानिक आयोग गठन गर्ने कानूनी व्यस्था छ । भूगोलको विवाद हुँदा विवादित क्षेत्रमा परेका सर्वसाधारण समस्यामा परेको स्थानीयवासी बताउँछन् ।
यी क्षेत्रमा कुन जिल्लाका तर्फबाट विकास गर्ने भन्ने तय नहुँदा समस्या देखिएको हो । प्रदेश नं ५ को बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशबीच सीमा विवाद छ । बर्दियाको सीमाअन्तर्गत कर्णालीको सुर्खेत जिल्ला र सुदूरपश्चिमको कैलाली जिल्लामा सीमा विवाद रहेको जिल्ला समन्वय समितिका प्रमुख शङ्कर थारुले बताए ।
भेरीगङ्गा र बागढी नगरपालिकाको सीमा व्यवस्थित गर्न पहल गरिए पनि सुनुवाइ भएको छैन । सीमा निर्धारण गरी सङ्घीय तथा प्रदेश सरकारमा पठाइए पनि सिमा विवाद समाधान भएको छैन । समन्वय समितिमार्फत सम्बन्धित प्रदेशका जिल्लासँग कुराकानी भइसकेको छ तर विवाद समाधान हुन नसकेको प्रमुख थारुले बताए ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सोसम्बन्धी विषय सङ्घमा राखिने जानकारी दिए । नहरमा अवरोध गहुँ र आलु खेतीका लागि नहरमा पानीको माग भएपछि बबई सिंचाइ आयोजनाबाट नहरमा पानी सञ्चालन हुँदा निर्माणका काममा अवरोध भएको छ ।
आयोजनाले हिउँदे बालीका लागि गत पुस पहिलो हप्तासम्ममा मात्र पानी सञ्चालन गर्ने भने तापनि कृषकको मागअनुसार पानी दिँदा नहरको तारजालीका काममा अवरोध भएको आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिए। काममा अवरोध भए पनि सिंचाइबाट खेतबारी हरियाली भएको र उत्पादन बढ्ने आशा पलाएको बारबर्दिया – ११ का कृषक दयाराम थारुले बताए ।














प्रतिक्रिया दिनुहोस्