पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं, २८ माघ । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उपचाररत ह्याम्स अस्पतालका अनुसार उनलाई सुधार आएको र सामान्य हिँडडुल गर्न सक्नै भएको जनाएको छ ।
भैंसेपाटी स्थित मेडिसिटी हस्टितलमा सुधार नभएपछि ह्याम्स अस्पताल ल्याई उपचार शुरु गरिएको थियो ।
उनलाई भोलि नै आईसीयु (सघन उपचार कक्ष) बाट क्याबिनमा सारिन सक्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । पहिलेको तुलनामा निकै सुधार आएको उपचारमा संलग्न चिकित्सक डा. राजु पंगेनीले बताए ।

निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि अधिकारीलाई ललितपरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । तर, करिब एक महिना उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई ह्याम्समा ल्याइएको हो । चार दिनअघि धुम्बाराहीस्थित ह्याम्स् अस्पताल भर्ना गरिएको थियो हो ।

‘अहिले राम्रो भएको छ । बाहिरबाट दिनुपर्ने अक्सिजनको मात्रा घटेको छ भने सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्छ । भोलीसम्म पनि यस्तै सुधार भइरहे उहाँलाई क्याविनमा सार्नेछौ,’ डा. पंगेनीले भने ।

पंगेनीका अनुसार अधिकारीलाई मुटु तथा फोक्सोमा जटिल समस्याका साथै न्युमोनिया भएको थियो । सुरुमा उनलाई सास फेर्न गाह्रो भएको थियो भने छाती तथा मुटुमा गम्भीर समस्या देखिएको थियो । त्यस्तै, मिर्गौलाले राम्ररी काम गरेको थिएन र फोक्सोमा पनि गम्भीर संक्रमण देखिएको थियो । त्यस्तै, परिवारका अन्य सदस्य यो समस्याबाट पिडित छन् । ह्याम्समा डा। अर्जुन कार्की, डा। मनबहादुर केसी लगायतले टिमले अधिकारीको स्वास्थोपचार गरिररहेका छन् ।

प्रतिक्रिया दिनुहोस्