प्रणय दिवसको अवसरमा चन्द्रागिरिमा मनोरञ्जनात्मक कार्यक्रम
काठमाडौं, २८ माघ । चन्द्रागिरि–एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा आउँदो फागुन २ गते (फेब्रुअरी १४), बिहिबार मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम प्रणय दिवसको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले आयोजना गरेको हो ।
कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजेसम्म चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनमा अवस्थितबार २५२० मा संचालनहुने छ । प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रतिजोडी ३,९९९।–तथा प्रतिव्यक्ति २,४९९।– को प्याकेज पनि प्राप्तगर्न सक्नु हुनेछ । उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभम्युजिक, बिशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्नु हुनेछ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।














प्रतिक्रिया दिनुहोस्