आईसीसी वरियतामा पारस खड्का शीर्ष ४० मा, कुन खेलाडी कति औं स्थानमा ?

जागरण न्युज
२८ माघ, काठमाडौं । नेपालका खेलाडीले अन्तर्रराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बरियतामा छलाङ्ग मारेका छन् ।

आईसीसीले जारी गरेको टी–२० क्रिकेटको पछिल्लो बलिङ बरियतामा नेपालका सोमपाल कामीले २२ स्थान सुधार गर्दै ७० औं स्थानमा आइपुगेका छन् यसअघि उनी ९२ औं स्थानमा थिए ।

बलिङतर्फ नै नेपालका बसन्त रेग्मीले पनि आफ्नो वरियता सुधारेका छन् । उनी ७१ औं स्थानमा छन् ।
आईसीसीका अनुसार सन्दीप लामिछानेले पनि आफ्नो वरियतामा सबैभन्दा बढी ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा आइपुगेका हुन् ।

अलराउन्डरतर्फ कप्तान पारस खड्काले ४० औं स्थानमा उक्लिएका छन् । उनले ७६ रेटिङ अंक पाउँदै ४० स्थानमा पुगेका हुन् । सोमपाल कामी पनि अलराउण्डरतर्फ ५१ औं स्थानमा पुगेका छन्
ब्याटिङतर्फ भने कप्तान पारस ९० औं स्थानमा छन् । अन्य कुनै पनि नेपाली खेलाडी ब्याटिङको शीर्ष १०० भित्र पर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्