डिपिएल तेस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्स विजयी

जागरण न्युज
काठमाडौं, २८ माघ । रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै आफ्नो विजयी यात्रा सुरु गरेको छ ।

धनगढी स्टार्सले दिएको १३३ रनको लक्ष्य काठमाडौं गोल्डेन्सले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो ।
काठमाडौं गोल्डेन्सका लागि अंकित डवासले २९, गौरब तमोरले २८, अनिल कुमार शाहले २४ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्लले ३, सोनु तामाङले २, योगेन्द्रसिंह कार्कीले २ रन बनाएर आउट भए । महबूब आलम १२ र बिक्रम भुसाल १४ रनमा अविजित रहे ।

धनगढी स्टार्सका रोहन मुस्तफाले ४ विकेट लिए पनि धनगढीलाई जित दिलाउन सकेनन् । त्यस्तै अमिर ह्यात र बिपिन खत्रीले एक–एक विकेट लिए । सोमबार नै दोस्रो खेल रूपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच खेल हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्