चम्किए सन्दीपः सिड्नी सिक्सर्समाथि शानदार जित

जागरण न्युज
काठमाडौं, २७ माघ । मेलबर्न बिग बास लिगमा सेमिफाइनलमा प्रवेश गरेको छ र खेलमा सन्दीप लामिछाने सँगै ग्लेन म्याक्सवेल चम्किएपछि मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जित हात पारि सेमिफाइनलमा प्रवेश गरेको हो ।

मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाव थियो । पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । म्याक्सवेलले ४३ बलमा ८२ रन बनाए ।

जवाफमा मैदान उत्रिएको सिड्नी सिक्सर्सले १३.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनायो । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट हात पारे ।
३.४ ओभर बलिङ गरेका सन्दिपले ११ मात्र रन खर्चिए । आफ्नो पहिलो ओभरमा टोम कुरानलाई एल्बिडब्लू धरापमा पारेका उनले अर्को पोभरमा बेन ड्वारसुइसलाई कप्तान म्याक्सवेलको हातबाट क्याच आउट गराए ।
आफ्नो चौथो ओभरको चौथो बलमा लोयड पोपलाई आउट गराएपछि सिड्नी सिक्सर्स अलआउट भयो । जितसँगै मेलबर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्