भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुग्यो, कयौं बिरामी
काठमाडौं, माघ २७ । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।
विषाक्त मदिरा सेवनबाट कयौं बिरामी परेका छन् । बिरामीमध्ये ५० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि गत बिहीबार र शुक्रबारमात्रै भारतको कुशीनगरमा विषाक्त मदिरा सेवनका कारण १० भन्दा बढीको मृत्यु भएको थियो ।
यसैबीच अवैध मदिरा बेचबिखन गरेको अभियोगमा केहीलाई नियन्त्रणमा लिइएको छ । अवैध मदिरा बेचविखनमा कडाइ नगरेको भन्दै १० जना प्रहरीलाई निलम्बन गरिएको छ ।
गत वर्ष पनि भारतको कानपुरमा विषाक्त मदिरा सेवनका कारण २५ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्