किन थन्किए ५३ वटा नेपाली ग्यास बुलेट भारतमै ?

काठमाडौं, माघ २६ । विगत दुई वर्षदेखि ५३ वटा नेपाली ग्यास बुलेट भारतमै थन्किएका छन् ।

ग्यास ढुवानीमा भारतीय निर्भरता अन्त्य गर्न नेपाली ग्यास उद्योगीले किनेका एलपी ग्यास बुलेट लामो समयदेखि भारतको सुनपतीमा अड्किएका हुन् ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले भारतको ‘एक्स्प्लोसिभ डिपार्टमेन्ट’ ले विभिन्न बहाना बनाएर नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई विगत दुई वर्षदेखि अड्काएर राखेको बताए ।

हाल नेपालमा भारतीय बुलेटले ग्यास ढुवानी गर्दै आएका छन् । –

प्रतिक्रिया दिनुहोस्