शनिबारदेखि सुरु हुने भनिएको डीपीएल पानीले प्रभावित, पहिलो खेल सोमबार हुने

काठमाडौं, माघ २६ । शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि सुरु हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले बताए । सोमबार उद्घाटन खेल धनगढी स्टार्स र विराटनगर किंग्सबीच हुन लागेको छ ।

प्रतियोगिताको ट्रफी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्