बिग ब्यास लिगमा सन्दिपको टिम मेलबर्न स्टार्स ब्रिसबेन हिटसँग १० विकेटले पराजीत

काठमाडौ, २५ माघ । बिग ब्यास लिगमा मेलबर्न स्टार्स ब्रिसबेन हिटसँग १० विकेटले पराजीत भएको छ ।

टस हारेर ब्याटिङ पाएको सन्दिपको टिम मेलबर्न स्टार्सले २० ओभरमा ८ विकेटको क्षेतिमा १५६ रन बनायो ।
यता १५७ रनको लक्ष्य पाएको ब्रिसबेन हिटले १० ओभरमा विना विकेट पुरा गर्याे । खेलमा मेलबर्न स्टार्सको तर्फबाट एम्पि स्टोइनिस्ले सर्बाधिक ५१ बलमा ८१ रनको योगदान दिए पनि अरु खेलाडिले भने त्यति राम्रो रन दिन सकेनन् ।

ब्रिसबेन हिटको तर्फबाट म्याक्स अर्थर ब्राइन्ट र बेन कटिङले ३० बलमा ७१ र ८१ रनको योगदान दिएर अविजित रहे । खेलमा सन्दिप लामिछानेले २ ओभरमा २८ रन खर्चेर पनि कुनैपनि विकेट लिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्