राजदूत आचार्यको प्रतिवद्धता -भारतसँगको सम्बन्धमा बाधा आउन दिन्न ‘

काठमाडौं, माघ २५ । नवनियुक्त भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतसँगको सम्बन्धमा फेरि बाधा आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका आचार्यले शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सरकारको परराष्ट्र नीतिलाई कार्यान्वयन गर्ने काममा आफू दत्तचित्त भएर लागिपर्ने पनि स्पष्ट पारे ।

उनले नेपालको समृद्धिका लागि भारतीय लगानी भित्र्याउने, रेलमार्ग, जलमार्ग लगायतका सरकारले अघि बढाएको कामलाई सहज ढंगले अघि बढाउन पहल गर्ने, दुई मुलुकबीचको सडक सञ्जाल विस्तार, सीमा अपराध नियन्त्रण लगायतका कामलाई पनि आफूले प्राथमिकता दिने बताए ।

भारतका लागि नेपाली राजदूत आचार्यले भारतसँगको सम्बन्ध सकारात्मक ढंगले अघि बढिरहेको र त्यसलाई अझै सुदृढ बनाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्