मेलम्ची आयोजनाको तोडियो ठेक्का, अब बाँकी काम कसले गर्छ ?

जागरण न्युज
काठमाडौं, २५ माघ । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का इटालियन कम्पनी सिएमसीसँग तोडेको छ । मेलम्ची खानेपानी विकास समितिले इटालियन कम्पनी सिएमसीसँगको ठेक्का तोडेको हो ।

मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्यराज कँडेले भने, “कम्पनीसंगको वार्ता असफल भएको, कम्पनीले काममा फर्कन चासो नदिएको, र आयोजनाले सोधेको जवाफ पनि नदिएको हुँदा ठेक्का तोडेको बताए ।”

अब आयोजनाको बाँकी काम सम्पन्न गर्न नेपाल सरकार समक्ष विभिन्न बिकल्प सहितको प्रस्ताव बुझाउने र सरकारको निर्णय अनुसार बाँकि काम सम्पन्न गर्ने आयोजना प्रमुख कँडेलले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्