आशा लघुवित्तको आइपीओ आज ३ बजे बाँडफाँट, कतिको हुने भयो हात खाली ?

जागरण न्युज

काठमाडौं, २५ माघ । आशा लघुवित्त वित्तीय संस्थाको आइपीओ आज दिउँसो ३ बजे बाँडफाँट हुँदैछ । आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको छ । वित्तीय संस्थाको आइपीओमा कुल १ अर्ब १८ करोड ४९ लाख १५ हजार रुपैयाँको आवेदन परेको छ ।
कुल ३ लाख १३ हजार जनाले १ करोड १८ लाख ४९ हजार १५० कित्ताका लागि आवेदन दिएका हुन । गोलाप्रथाबाट ६२ हजार ९९३ जनाले मात्र आइपीओ पाउने भएकाले २ लाख ५० हजार जनाको हात खाली हुनेछ पक्का छ । कुल आवेदनमध्ये २०.१३ प्रतिशतले मात्र आइपीओ पाउने बाकी ७९.८७ प्रतिशत को हात खाली हुने भएको हो ।
लघुवित्तले गत माघ १८ गतेदेखि ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।
आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४ रेटिङ दिएको छ ।
यस कम्पनीले आइपीओ बिक्री गरी चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ पुयर्मउनेछ । आशा लघुवित्त नुवाकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्