सन्दीपको टिम मेलबर्न स्टार्सको खेल आज हुदैं, सन्दीप अष्ट्रेलिया पुगेरै दंग छन् टिमका सदस्यहरु

काठमाडौं, २५ माघ । सर्वाधिक चर्चाको शिखरमा रहेका सन्दीप लामिछान बिग ब्यास लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले खेल आज ब्रिसबेन हिटसँग प्रतिस्पर्धा गर्दैछ ।
ब्रिसबेनको घरेलु मैदानमा हुने खेलमा मेलबर्नले जित हात पारेमा एक खेल अगाडि नै सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । तर पराजित भएमा अन्तिम खेलले मेलबर्नको सेमिफाइनल यात्रा टुंग्याउनेछ ।
खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर २५ मिनेटमा सुरु हुनेछ । आजको खेलमा जसरी भएपनि जित हात पार्दै मेलबर्न सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।
मेलबर्नले दुई खेल खेल्न बाँकी छ । मेलबर्न लिगको चौथो स्थानमा छ । लिगको छैटौ स्थानमा रहेको ब्रिसबेन हिटलाई भने आजको खेलमा जित हात पारेर मात्रै हुदैन । लगातार मेलबर्न पराजित भएमा मात्रै उसको सेमिफाइनल पुग्ने सम्भावना हुन्छ । त्यसकारण पनि आजको खेलमा मेलबर्नलाई पराजित गर्ने लक्ष्यमा ब्रिसबेन हिट रहेको छ ।
ब्रिसबेन हिटविरुद्धको खेलमा नेपालका युवा खेलाडी सन्दीप लामिछानेले पनि खेल्न पाउने बलियो सम्भावना रहेको छ ।
बंगलादेश प्रिमियर लिग र नेपाल र यूएईबीचको सिरिज खेलेर बिग व्यासका लागि अस्ट्रेलिया फर्किएका सन्दीपले आफ्नो टिमका लागि चार खेलबाट आठ विकेट लिइसकेका छन् ।
त्यसकारण पनि उनले खेल्न पाउने सम्भावना प्रवल रहेको छ ।यो स्थितिमा सन्दीपको टिम बलियो रहेको छ । उसले बाँकी रहेका दुई मध्ये एक खेल जिते पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्