देशका अधिकांश भूभागमा आज पनि वर्षा हुने, कहिले देखि आउछ अब मौसममा सुधार ?

काठमाडौं, माघ २५ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा आज पनि पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अधिकांश भूभागमा आज सामान्यदेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा अहिले पनि पानी परिरहेको छ ।
उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ । आज राति पनि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ । बुधवारदेखि मौसममा बदली भएको र शनिबारसम्म लगभग यस्तै अवस्थामा रहने पनि महाशाखाले जनाएको छ ।
आइतबारदेखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्