सगरमाथाको उचाई नापिने, सर्भे टोली पठाउने तयारी

काठमाडौं, माघ २५ । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापनका लागि जिपिएस (ग्गोबल पोजिसनिङ सिस्टम) उपकरणसहित सर्भेयर टोली पठाउने तयारी गरेको छ ।
उपकरणसहित सगरमाथाको शिखर जाने प्राविधिक कर्मचारी छनोट र तालिमका लागि नापी विभागले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई जिम्मा दिएको छ ।
लाङटाङमा आरोहण अभ्यास सम्पन्न गरेर सर्भेयार टोली चैत्र  पहिलो साता सगरमाथातर्फ प्रस्थान गर्नेछ ।
नापी विभागले सगरमाथा आरेहण गर्न चाहने इच्छुक १९ जना सर्भेयरहरुको नाम प्रतिष्ठानमा पठाएको छ । प्रतिष्ठान संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गन सञ्चालित छ ।
प्रतिष्ठानका सुचना अधिकृत अत्तमबाबु भट्टराईका अनुसार यीमध्ये पाँच जना सर्भेयर छनोट गरेर लाङटाङ हिमालमा अभ्यासका लागि पठाइनेछ
प्रतिक्रिया दिनुहोस्