मेलम्चीको ठेक्का तोडियो, धरौटी जफतको तयारी

काठमाडौं , माघ २५ । सरकारले मेलम्ची आयोजनको सुरुङमार्ग र हेडवक्सै निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको छ ।
काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले यस्तो निर्णय लिएको हो ।
मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसितको ठेक्का तोडी उसले राखेको बैंक धरौटी जफत गर्ने निर्णयसमेत गरेको छ । सीएमसीले ठेक्का सम्झौता गर्दा झन्डै साढे दुई अर्ब रुपैयाँ धरौटी राखेको छ ।
समितिले शुक्रबार नै बैंकलाई पत्र पठाई उक्त रकम जफत गर्नेछ । सरकारले माघ ६ मा दुई साताभित्र काममा फर्कन सक्ने गरी ठेक्का रद्द गरेको पत्र ९लेटर अफ टर्मिनेसन० सीएमसीलाई पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्