सिन्धुली जीप दुर्घटना अपडेट : ज्यान गुमाउने पाँचै जनाको परिचय खुल्यो

काठमाडौं , माघ २४ । सिन्धुलीको फिक्कल गाँउपालिका–२, चण्डीभञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् ।
जिल्लाकै महादेवडाँडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको जीप बिहान ९ः३० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेहरुमा फिक्कल गाँउपालिका वडा नं। २ निवासी ५५ वर्षीया तीलमाया विक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी विक, २५ वर्षीया अनिता महत र वडा नं। ३ निवासी ३५ वर्षीया शान्तिमाया श्रेष्ठ रहेका छन् ।
दुर्घटनाका गम्भीर घाइतेहरु चालक मानबहादुर सुनुवार, गंगामाया विक र दिपक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
अन्य चार जना यात्रु भने सामान्य घाइते रहेका प्रहरी उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्