मनाङमा वर्षासँगै हिमपात, तापक्रम माइनस २० मा झर्‍यो, जनजीवन प्रभावित

काठमाडौं, माघ २४। मनाङमा वर्षासँगै पुनः हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । बुधबार साझदेखि निरन्तर हिमपात भएको हो । मनाङको तापक्रम घटेर माइनस २० डिग्रीसेल्सियस पुगेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने ‘मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा वर्षासँगै बाक्लो हिमपात भएको छ ।
तापक्रम माइनस २० डिग्री पुगेको छ भने तल्लो भेग चामे, तिमाङ, दानक्यु र वगरछापमा तापक्रम माइनस १५ डिग्री पुगेको छ ।’
वर्षासँगै भएको हिमपातका कारण अत्याधिक चिसो बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ,’ शसस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङका डिएसपी निलकमल आचार्यले भने । उनका अनुसार चिसोका कारण मानिसको चहपहल घटेको छ ।
प्रतिक्रिया दिनुहोस्