इंग्लिस प्रिमियर लिग फुटबल: म्यान्चेष्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं, माघ २४ । म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । डिसेम्बर १६ पछि सिटी पहिलो पटक शीर्ष स्थानमा उभिन सफल भएको हो ।
लामो समय शीर्ष स्थान कब्जा गरेको लिभरपुलले लगातार बराबरी खेलपछि सिटीले शीर्ष स्थानमा आफुलाई राख्न सफल भयो । शीर्ष स्थानको सिटीको ६२ अंक छ । दोस्रो स्थानको लिभरपुलसंग समान अंक भएपनि गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
डेबिड सिल्भाको पासलाई सदुपयोग गर्दै डिफेन्डर आयमेरिक लापोर्टेले पहिलो हाफको अन्तिम समयमा सिटीलाई सुरुवाती अग्रता दिलाए । ग्याब्रियल जिससले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।
प्रतिक्रिया दिनुहोस्