मन्त्रीको सम्पत्तिः यो आर्थिक वर्षको विवरण गोप्य

काठमाण्डौ माघ २४ ।  नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि सरकारले ७ महिनासम्म गोप्य राखेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
मन्त्रीहरुले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाइसकेका छन् ।
गत वर्ष सम्पत्ति विवरण सार्वजनिक गरेपछि केही मन्त्रीहरुको आलोचना भएको थियो । उनीहरुको आर्थिक स्रोतमै प्र्रश्न उठेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गर्ने भएकाले आफू अनभिज्ञ रहेको तथा धेरै बोल्न नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्