रासायनिक मलका कारण उर्वर भूमिमा नकारात्मक असर, उत्पादन र बिक्रीवितरणमा रोक लगाउने तयारी

काठमाडौं,माघ २२ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले आगामी ४ वर्षभित्र रासायनिक मलको उत्पादन र बिक्रीवितरणमा रोक लगाइने बताए ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्री खनालले रासायनिक मलको बढ्दो प्रयोगले उर्वर भूमिका नकारात्मक असर परेको भन्दै सरकारले चार वर्षभित्रै रासायनिक मल उत्पादन र बिक्रीवितरणमा रोक लगाउने तयारी गरिरहेको बताए ।
रासायनिक मलका कारण उर्वर भूमिमा नकारात्मक असर परेकाले किसानलाई त्यस्तो मूल उपलब्ध नगराइने उनको भनाइ थियो ।
समितिको बैठकमा जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयेकको मस्यौदामाथि दफाबार छलफल भएको छ ।
समितिका सदस्यहरुले किटनाशक रासायनिक मल आयातलाई पूर्ण प्रतिबन्ध लगाएर स्वदेशकै प्राङ्गारिक मल प्रयोग गर्ने व्यवस्था विधेयकमा राख्न सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्