सन्दीप लामिछाने बिबिएल खेल्न पुन: अस्ट्रेलियातर्फ

काठमाडौं,माघ २१ । सन्दीप लामिछाने बिबिएल खेल्न पुनः अस्ट्रेलिया तर्फ लाग्ने भएका छन् । नेपाली राष्ट्रिय टिमका युवा बलर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) का लागि सोमबार ब्रिसबेन प्रस्थान गर्ने भएका हुन्।
युएईविरुद्धको एकदिवसीय सिरिज र टी–२० सिरिजमा सहभागितापछि सन्दीप बिबिएल खेल्न पुनस् अस्ट्रेलिया प्रस्थान गर्न लागेको नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले जनाकारी दिए। सन्दीप बिबिएलमा मेलवर्न स्टार्टसँग आबद्ध छन्।
दुबईमा भएको तीन एकदिवसीय र तीन टी–२० खेल गरि सन्दीपले ६ वटै खेल खेलेका थिए। उनले ६ खेलमा १२ विकेट लिएका थिए।
बिबिएलमा सन्दीपको टिम मेलवर्न स्टार्सले १२ खेलबाट १२ अंक जोडेको छ भने अंक तालिकाको चौथो स्थानमा छ। मेलवर्नले आगामी शुक्रबार ब्रिसबेन हिटसँग खेल्दैछ। मेलवर्नले लिगको अन्तिम खेलमा सिड्नी सिक्सरसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि सन्दीप माघ दोस्रो साता बङ्गलादेश प्रिमियर लिग ९बिपिएल० बीचमै छाडेर सोमबार नेपाल फर्किएका थिए। त्यसपछि सन्दीप युएईविरुद्धको सिरिजका लागि दुबई प्रस्थान गरेका थिए। सन्दीप पुस तेस्रो साता बङ्गलादेश पुगेका थिए। अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ का केहि खेल खेलेर सन्दीप उतैबाटै बङ्गलादेश प्रस्थान गरेका थिए।
सन्दीपले बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सरबाट ६ खेल खेलेका थिए। १ खेलमा भने उनी टिममा परेका थिएनन्। सन्दीपले ६ खेलमा ४ विकेट लिन सफल भएका थिए।
त्यसअघि बिग बासमा मेलबर्नबाट खेलेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए। त्यसक्रममा उनले विपक्षी टिमका चार कप्तानलाई आउट गर्दै सनसनी मच्चाएका थिए।
बिग बास लिगको दोस्रो सत्रको खेलपछि सन्दीपले पाकिस्तान सुपर लिग र इन्डियन प्रिमियर लिग खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस्