काठमाण्डौ,माघ २१ । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल मिसिने गरेको छ । एकातिर पर्याप्त खानेपानी वितरण हुन सकेको छैन भने भएको पानी पनि अशुद्ध छ । तर सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ ।
तर केयूकेएलले राजधानीमा वितरण गरेको खानेपानीमा वर्षेनि राजधानीका कुनै न कुनै स्थानमा ढलको मिसावट भएको भेटिन्छ । केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी, घट्टेकुलो, सामाखुसी, गोंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज, बसुन्धरालगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेपछि उपभोक्ताहरु गुनासो लिएर सम्बन्धीत निकायमा पुग्नेको संख्यामा बृद्धि भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उप प्रवन्धक प्रकाश कुमार राईका अनुसार उपत्यकाका खानेपानीको वितरण प्रणालीमा नै समस्या भएको छ ।
पुरानो खानेपानी वितरण प्रणाली, खानेपानीको पाइप र ढलको पाइप एकै ठाउँबाट विछ्याइने हुनाले यस्तो समस्या पटक पटक दोहोरिएको केयुकेएलको स्विकारोक्ति छ ।
प्रतिक्रिया दिनुहोस्