टी–२० शृङ्खला: नेपालद्वारा युएइलाई १०५ रनको लक्ष्य प्रस्तुत

काठमाडौ, २० माघ । टी–२० शृङ्खलामा नेपालद्वारा युएइलाइ लक्ष्य प्रस्तुत गरेको छ । बर्षाका कारण खेल छोट्याएर १० ओभरमा घटाइएको थियो । टस हारेर ब्याटिङ पाएको नेपालले १० ओभरमा ८ विकेटको क्षतिमा १०४ रन बनायो ।

नेपालको लागि कप्तान पारस खड्काले सर्बाधिक १४ बलमा २९ रनको योगदान दिए उनले ४ चौका र १ छक्का हाने । त्यस्तै सुन्दिप जोरा ११ वलमा २८ रन, विनोद भण्डारी २१ रन ज्ञानेन्द्र मल्ल ११ करन केसि १० दिपेन्द्र सिहँ ऐरीले २ रनको योगदान दिए ।

प्रतिक्रिया दिनुहोस्