भारतमा रेल दुर्घटना, कम्तीमा ६ जनाको ज्यान गयो, कयौँ घाइते

काठमाडौं, माघ २० । भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा कयौँ घाइते भएको बताइएको छ ।
आइतबार बिहान जोगबनीबाट दिल्लीको लागि छुटेको सिमाञ्चल एक्सप्रेसको रेल दुर्घटना भएको हो । यो दुर्घटना हाजिपुर बटवाडा रेलमार्गको महनार र सहदोई स्टेशनको बीचमा भएको समाचार संस्था पीटीआईले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्