टी २० : नेपाललाई अर्को इतिहास रच्ने अवसर, अन्तिम खेलमा नेपालले आज यूएईविरुद्ध खेल्दै

काठमाडौं, माघ २० । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत अन्तिम तथा तेस्रो खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ ।
तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।
आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्दै सिरिज जित्ने लक्ष्यमा हुनेछ । यूएई पनि नेपाललाई पराजित गर्दै सिरिज जित्ने दाउँमा छ । नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ ।
यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।
टी–२० सिरिजमा नेपालले यूएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरीजमा पनि जित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्