कतारले जित्यो पहिलो पटक एसियन कप फुटबलको उपाधि, जापान ३–१ गोलअन्तरले पराजित

काठमाडौं,माघ १९ । जापानलाई ३–१ गोलअन्तरले हराउँदै कतारले पहिलो पटक एसियन कप फुटबलको उपाधि जितेको छ ।
आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा भएको खेलमा चार पटकको च्याम्पियन जापान पराजित भएको हो । खेलको १२ औं मिनेटमा अलमोज अलीले गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिगए ।
२७ औं मिनेटमा अब्दुल्लाहजइज हइमले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले पछाडि परेको जापानले ६९ औ मिनेटमा एक गोल फर्कायो ।
उसका लागि ताकुमी मिनामिनोले गोल गरे । तर ८३ औ मिनेटमा कतारका अक्रम अफिफले पेनाल्टीमार्फत् गोल गरेर एसियन कपको उपाधि जित्न टोलीलाई सफल बनाए ।
सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले राष्ट्रिय टिमलाइ बलियो बनाउन ठूलो लगानी गरेको छ । यो उपाधिले कतारलाई झन हौसला थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्