नेपालले ४० रन नपुग्दै आफ्ना चार विकेट गुमाए

काठमाडौं, १८ माघ । युएईले दिएको १०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४० रन नपुग्दै आफ्ना महत्वपूर्ण चार विकेट गुमाएको छ।

पहिलो बलमै कप्तान पारस खड्कालाई शून्यमा गुमाएको नेपालले दोस्रो ओभरको पाँचौ बलमा प्रदीप ऐरीलाई ८ रनमा गुमायो।

यस्तै सातौ ओभरको पहिलो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउ हुँदा आठौं ओभरको अन्तिम बलमा २० रन बनाएका करन केसी आउट भए। यस्तै १०औं ओभरको पहिलो बलमा सुनदिप जोरा १ रन बनाएर आउट भए। अहिले क्रिजमा पवन सरार्फ र दीपेन्द्र सिंह ऐरी छन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्