टी–२० शृङ्खला: यूएईद्वारा नेपाललाई १०८ रनको लक्ष्य प्रस्तुत

काठमाडौ, १८ माघ ।

टी–२० शृङ्खलामा नेपाललाई यूएईले १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा पुरै १० विकेटको क्षतिमा १०७ रन बनाएको छ । नेपालका लागि सबैभन्दा धेरै अविनास बोहोराले ३ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामी, सन्दिप लामिछाने, करन केसिले समान २-२ लिएका छन् । सोमपालले सुरूवाती दुई ओभरमा लगातार दुई विकेट लिए।

कामीले पहिलो ओभरको अन्तिम बलमा आस्फाक अहमदलाई ४ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए। अहमदलाई उपकप्तान ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् ।

यस्तै आफ्नो व्यक्तिगत दोस्रो ओभरको तेस्रो बलमा युएईका गुलाम सहबर ६ रनमा आउट गराए । सहबर विकेट किपर प्रदीप ऐरीको हातबाट क्याच भए ।

त्यसपछि छैठौं ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिए । उनले ओभरको पाँचौ र छैठौं बलमा विकेट लिएका हुन् । पाँचौ बलमा साइमन अनवारलाई १४ रनमा कप्तान पारस खड्काको हातबाट क्याच गराउँदा छैठौं बलमा मोहम्मद उसमानलाई पारसकै हातबाट शून्य रनमा आउट गराए ।

पाँचौ सफलताको रूपमा करन केसीले ११ औं ओभरमा विकेट लिए ।

उनले ११ औं ओभरको तेस्रो बलमा युएईका मोहम्मद बोतालाई आउट आउट गराए । ११ रन बनाएर खेलिरहेका बोता पवन सरार्फको हातबाट समातिए । यस्तै छैठौं र सातौं विकेट अभिनास बोहोराको नाममा रह्यो। बोहोराले तेह्रौ ओभरको चौथो बलमा आमिर हायातलाई आउट गर्दै पहिलो विकेट लिए ।

३ रन बनाएर खेलिरहेका हायात बोहोराको बलमा दीपेन्द्र सिंह ऐरीबाट समातिए । यस्तै १५ औं ओभरको तेस्रो बलमा युएईका कप्तान मोहम्द नाभिद ७ रन बनाउँदै आउट भए । उनी उपकप्तान ज्ञानेन्द्र मल्लको हातबाट समातिए ।

यस्तै आठौं विकेट नेपालले रन आउटबाट लियो। १७औं ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीको डाइरेक्ट हिटले युएईका सुल्तान अहमद आउट भए। ललितनारायण राजबंशीको बलमा उनी ४ रन बनाउँदै आउट भएका हुन् । आजको यो खेलमा नेपालको लागि गर या मरको अवस्था रहेको छ । पहिलो खेलमा नेपालले यूएईसंग २१ रनले हारे संगै जित्नैपर्ने दवावमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्