साफ यू-१५ महिला च्याम्पियनसिपः दोस्रो खेलमा नेपालले आज भारतसंग खेल्दै
काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज भारतसंग खेल्ने भएको छ । आइतबार भएको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित नेपाल भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र भारतबीचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समयअनुसार अपरान्ह सवा २ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित नेपाल भारतविरुद्ध जित निकाल्ने योजना सहित मैदान उत्रँदैछ ।
तर, आयोजक बंगलादेशसँग ६-० ले पराजित नेपाललाई भारतविरुद्ध जित निकाल्न निकै कठिन हुने देखिएको छ । भारतले आइतबार भएको पहिलो खेलमा भुटानलाई ३- ० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्