टी–२० शृङ्खला: यूएईसँगको दोस्रो खेल आज, नेपाललाई जित्नैपर्ने चुनौती

काठमाडौ, १८ माघ । टी–२० शृङ्खलामा घरेलु टोली यूएईसँगको दोस्रो खेल आज हुदैछ ।

आजको खेलमा नेपालले जित्नैपर्ने हुन्छ । हिजो भएको पहिलो खेलमा नेपाल २१ रनले पराजीत भएसंगै आजको खेलमा जित्नै पर्ने दवाव भएको हो ।
हिजोको खेलमा नेपालले पराजय भोगेतापनि एउटा रेकर्ड भने सन्दिप जोराले तोडेका थिय उनी विश्वको सबैभन्दा कम उमेरमा अर्धसतक बनाउने खेलाडीको किर्तिमान राखे । तीन खेलको टी–२० शृङ्खला अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्