टी-ट्वान्टीमा डेब्यूमै अर्धशतक बनाएका सन्दीप जोराले बनाए विश्व रेकर्ड

काठमाडौ, १७ माघ । टी-ट्वान्टीमा डेब्यूमै अर्धशतक बनाएका सन्दीप जोराको विश्व रेकर्ड बनाएका छन् । उनले टी-ट्वान्टीमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडीको रुपमा कीर्तिमान राखेका छन् । उनी सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

१७ वर्ष ३ महिना १३ दिनको उमेरमा डेब्यू गरेका जोरा युएईविरुद्धको खेलमा अविजित ५३ रन बनाएका हुन् । उनले युएईविरुद्धको पहिलो टी–२० शृङ्खलाको खेलमा ४२ बलमा अर्धशतक पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्