टी–२० शृङ्खला: नेपाल यूएईसँग २१ रनले पराजित

काठमाडौ, १७ माघ । टी–२० शृङ्खलामा नेपाल पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको छ ।

यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सफल भयो ।
सन्दीप जोराले नेपालका लागि अर्धशतकको योगदान दिदा पनि जित भने दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे । यस्तै सोमपाल कामीले २७ रन बनाउँदा कप्तान पारस खड्का २५ रनमा आउट भएका थिए । पहिलो बलमै ओपनर प्रदीप ऐरीलाई शून्य रनमा गुमाएको नेपालले त्यसपछि ५० रन नपुग्दै चौथो विकेट गुमाएको थियो।

पाँचौ विकेटका रूपमा रोहित पौडेललाई ४ रनमा गुमाएको नेपालले छैठौं विकेटका रूपमा करण केसीलाई गुमायो।

चौथो विकेटका रूपमा कप्तान पारस खड्का २५ बल खेल्दै २५ रन बनाएर आउट भए । खड्काले चार चौका प्रहार गरेका थिए । उनलाई जाहोर खानले सुल्तान अहमदको हातबाट क्याच आउट गराए ।

प्रतिक्रिया दिनुहोस्