काठमाडौं,माघ १७ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा गोविन्द केसीको अनसनको औचित्य सकिएको बताएका छन्।
प्रतिपक्षले सत्ता गुमाउनुपरेको पीडामा डा केसीलाई उचालेको आरोप लगाउँदै उनले डा केसीसँग तत्काल वार्ताको पहल नगर्ने संकेत गरे। अनसनको औचित्य समाप्त भयो, मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, जसले बोक्यो उसैले अवतरण गरोस्।
केसीको मागअनुसार नै संसदीय प्रक्रियाबाट विधेयक पारित भएको जिकिर गर्दै प्रवक्ता बास्कोटाले भने, ‘अनसनकारी भनेर जसलाई बहुप्रचारित गरिएको छ। उनको मुख्य माग सदनले सम्बोधन गरिसकेको छ।’
प्रतिक्रिया दिनुहोस्