टी–२० शृङ्खला: नेपाल सामु १ सय ५४ रनको लक्ष्य, सन्दीप र बसन्तले लिए २–२ विकेट 

काठमाडौँ,माघ १७ । टी–२० शृङ्खला अन्तरगतको पहिलो खेलमा युनाइटेड अरब एमिरेट्स ९युएई० ले नेपालसामु जीतका लागि १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर नेपालले युएईलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो । निर्धारित २० ओभरमा युएईले ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो ।
युएईका लागि सइमान अनवरले सर्वाधिक ५९ रन बनाए भने मोहमद उसमानले ३० रन बनाए ।
अनवरले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ५ चौका र दुई छक्का हिर्काए ।त्यस्तै, ओपनर चन्डाङ्गापोयिल रिजवानले २२ रनको योगदान दिए ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने ।
सोमपाल कामी र अविनास बोहराले १–१ विकेट लिए । युएईविरुद्धको खेलबाट नेपालका तीन खेलाडीले टी–२० अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका छन् । नेपालका सन्दीप जोरा, रोहित कुमार पौडेल र अविनाश बोहोराले डेब्यु गरेका हुन् ।
तीनवटा एक दिवसीय र तीनवटा टि–२० शृङ्खलाका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।
नेपालले टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्