टी-२०: यूएईको ११४ रन हुदा नेपाललाई ४ विकेटको सफलता

काठमाडौं, माघ १७ । नेपालले अहिलेसम्म चौथो सफलता हात पारेको छ । टस हारेर पहिला ब्याटिङ गरेको यूएईले १५ ओभरको खेल सकिँदा ११४ रन बनाएको छ ।
नेपालले दोसो ओभरको पहिलो बलमा नेपालले विकेट लिएको थियो । नेपाललाई पहिलो सफलता लेग स्पिनर सन्दीप लामिछाने बसन्त रेग्मीको हातबाट अस्फिक अहमदलाई आउट गराएका थिए ।
यसैगरी ४।३ ओभरमा गुलाम सब्बेरलाई सोमपाल कामीले आउट गराएका थिए । नेपाललाई तेस्रो सफलता भने बसन्त रेग्मीले दिलाए । बसन्तले २२ रन बनाएका सिपी रिजवानलाई आउट गराएका थिए ।
४३ रन बनाउँदा तीन विकेट गुमाएको यूएईका लागि साइमन अनवर र मोहमद उस्मानले ६१ रनको साझेदारी गर्दै टिमको स्कोर माथि उठाएका थिए । तर १३।५ ओभरमा सन्दीप लामिछानेले ३० रन बनाएर खेलिरहेका उस्मानलाई आउट गराएका थियो । क्रिजमा अहिले साइमान अनवार ४३ तथा मोहमद बोटा ७ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्