‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ राष्ट्रिय सभाबाट पनि पारित

काठमाण्डौ, माघ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा कांग्रेसले उठेर विरोध जनाइरहे पनि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विधेयकमाथिको कारबाही अघि बढाएका थिए ।
कांग्रेस सांसदहरूले उठेर विरोध जनाइरहे पनि अध्यक्ष तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
अध्यक्षले शिक्षामन्त्री पोखरेलले सदनमा प्रस्तुत गरेको विधेयकमा छलफलमा भाग लिन आग्रह गरे पनि विपक्षी कांग्रेसले विधेयकमाथि कुनै पनि प्रकृयामा भाग नलिने जनाएपछि पारित भएको घोषणा गरेका हुन् ।
सांसद वृशेषचन्द्र लालले विधेयकमाथि संशोधनको प्रस्ताव पेश गरेका भए पनि त्यस प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्