पहिलो टी-२० : युएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, लियो ३ विकेट

काठमाडौं,माघ १७ । युएई विरूद्धको पहिलो टी(२० मा नेपालले सुरुवाती ३ विकेट लिएको छ। टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरिरहेको युएईका दुवै ओपनर आउट भइसकेका छन् भने विकेटकिपर ब्याट्सम्यान गुलाम सब्बार पनि पेभिलियन फर्केका छन्।
नेपालका लागि बलर सन्दीप लामिछानेले दोस्रो ओभरको पहिलो बलमा सन्दीपले युएईका ओपनर आस्फाक अहमदलाई २ रनमा आउट गरेका थिए।
यस्तै अर्का ओपनर सिपी रिजवानलाई बसन्त रेग्मीले २२ रनमा आउट गरे। विकेटकिपर सब्बारलाई सोमपाल कामीले भीम सार्कीको हातबाट ८ रनको स्कोरमा क्याच गराए।
युएईको आइसिसी ग्लोबल एकेडेमीमा भइरहेको खेलमा युएईले ९ ओभर चलिरहदा ३ विकेट गुमाएर ५० रन कटाएको छ। यसअघि नेपालले युएईलाई एकदिवसीय सिरिजमा २–१ ले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्