काठमाडौं, माघ १६ ।बहुप्रतीक्षित काठमाडौं–तराई–मधेस द्रुतमार्ग ९फास्ट ट्रयाक० को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२।४ किलोमिटर कायम गर्ने जनाएको हो ।
‘हाल ७६।४ किलोमिटर रहेको फास्ट ट्रयाकको दूरी चार किलोमिटर घटाइनेछ,’ सेनाका प्राविधिक उपरथी तथा काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख योगेन्द्र खाँडले भने, ‘घुमाउरो बाटोमा सुरुङको लम्बाइ बढाएर समग्रमा आयोजनाको लम्बाइ घटाउन लागिएको हो । डिपिआर तयारीको जिम्मा पाएको कम्पनीसँगको समन्वयमा लम्बाइ घटाउन लागेका हौँ ।’
डिपिआर तयारीको जिम्मा पाएको दक्षिण कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ एन्ड कन्सल्टिङले यही हप्ता ९१९ माघ० डिपिआरको मस्यौदा प्रतिवेदन सेनालाई बुझाउने तयारी छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्