युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा

काठमाडौं, माघ १६ । आयोजक युनाईटेड अरब ईमिरेट्स युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
युएईको आबुधाबीमा गएराति भएको दोस्रो सेमिफाइनलमा कतार ४–० को फराकिलो अन्तरमा विजयी भयो ।
फाइनलमा पुगेसँगै सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले आफुलाई कमजोर नठान्न विश्व फुटबललाई चुनौती समेत दिएको छ ।
कतारले अब एसियन कपको उपाधिको लागि जापानसँग खेल्नेछ ।
पहिलो सेमिफाइनलमा ईरानलाई पाखा लगाउँदै जापान फाइनलमा पुगेको थियो । फाइनल खेल आगामी शुक्रबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्