काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बाहनामा शान्ति खलबलाउने प्रयास भइरहेको भन्दै मुलुकलाई हिंसामा धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिएका छन्।
शसस्त्र प्रहरी बलको १८ औँ स्थापना दिवसको अवसरमा मंगलबार हलचोकस्थित शसस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले समाजमा हिंसा फैलाउने, जनतालाई आतंकित पार्ने र शान्ति सुव्यवस्था छैन भन्ने अवस्था श्रृजना गर्ने काम भइरहेको बताएका हुन्।
उनले राष्ट्रिय अखण्डतालाई चुनौति दिने गरि देशद्रोही कामहरुका प्रयास भइरहेको उल्लेख गर्दै मुलुकलाई हिंसामा लैजाने र निरंकुशता तर्फ धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिए। शान्ति प्रक्रियाका अवशेषहरुलाई बल्झाउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस किसिमका काम हुन नदिने बताए।
प्रतिक्रिया दिनुहोस्