जागरण न्युज
काठमाडौं, १५ माघ । नेपालमा सञ्चालित रेष्टुरेन्ट र बारहरूले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरेका छन् । रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) को सोमबार बसेको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो ।
रेवानका अध्यक्ष प्रमोद जैसवालका अनुसार व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको ले जानकारी दिए ।
रेवानमा आवद्ध रेष्टुरेन्ट तथा बारहरूमा यो निर्णय मंगलबारदेखि नै लागू गर्ने छन् भने सफ्टवेयर बिलिङ प्रणाली भएकालाई भने केही समय लाग्ने जनाएको छ । रेवानको यो निर्णयसँगै ठूला होटल र पार्टी प्यालेसलाई पनि दबाब पर्ने भएको छ ।
पछिल्लो समय सामाजिक सुरक्षा कोषबाट मजदुरहरूको सुरक्षा भएको र स्वेच्छिक रूपमा दिने टिप्सलाई कुनै पनि बन्देज नलगाएकोले मजदुरलाई असर नपर्ने रेबानले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्