काठमाडौँ , माघ १५ । डा गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका माग पूरा गर्न भन्दै चिकित्सकहरुले मंगलबार दोस्रो दिन पनि रिले अनशन सुरु गरेका छन् । उनीहरु मंगलबार पनि शिक्षण अस्पताल परिसरमा अनशन बसेका छन् ।अनशन स्थलको टेन्ट भने रातारात हटाइएको छ । शिक्षण अस्पतालले अस्पताल परिसरमा अनशन नबस्न आग्रह गर्दै विज्ञप्ति निकालेको थियो । तर उक्त आग्रह लत्याउदै चिकित्सकहरुले परिसरमै अनशन जारी राखेका छन् । चिकित्सकहरु अनशन बसेपछि त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्