मेलम्ची ठेकेदार प्रकरण: ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइयो ?

काठमाडौं,माघ १५ । मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह गरेका छन्।
संघीय संसद्को विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन्। समितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको परिस्थितिका सम्बन्धमा बैठक डाकिएको थियो।
बैठकमा ठेकेदार भाग्नुको कारण, ६० दिनभित्र पानी आउने सचिवले बोलेको भनाइ आधारदेखि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो।
सांसद गणेश पहाडीले ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइएको हो भन्दै प्रश्न गर्नुभयो। ‘ठेकेदार भाग्नुपर्ने परिस्थिति कसरी आयो रु यसको स्पष्ट कारण अझै आएको छैन’ –उहाँले भन्नुभयो।
त्यस्तै यसअघिको बैठकमा ६० दिनमा पानी ल्याउने भन्ने के आधारमा बोल्नुभएको होरु हचुवाको भरमा नबोल्न खानेपानी सचिवलाई आग्रह गर्नुभयो। उहाँले आयोजना सञ्चालन गर्नुअघि पूर्वतयारी गर्ने प्रचलन नभएकै कारण मेलम्चीको यस्तो हविगत भएको जिकिर गर्नुभयो। अबको काम लागत नबढ्ने गरी समयमै काम सम्पन्न गर्न तत्काल काम अघि बढाउन उहाँले आग्रह गर्नुभयो।
सांसद कमला रोक्काले कर्मचारीले मन्त्रीलाई आयोजनाका बारेमा गर्ने गरेको ब्रिफिङको बारेमा जिज्ञासा राख्नुभयो। ‘मन्त्रीलाई ब्रिफिङ कसरी हुन्छ, त्यो जान्न मन छ। मन्त्रीले कबोल गरेको समयमा पानी आउँदैन। पछि पानी नआएपछि माफी माग्नुपर्छ। यो किन कसरी भइरहेको छ रु’ –उहाँले भन्नुभयो।
उहाँले एक व्यक्तिका कारण आयोजनाको पुरै काम ठप्प हुने गरी ठेकेदार भाग्न बाध्य हुनुपरेको भन्ने विषय कत्तिको सत्य हो भन्दै मन्त्रालय र आयोजनाको जवाफ माग्नुभयो। उहाँले दूरदर्शी नहुँदा मेलम्चीको अवस्था यस्तो हविगत भएको भन्दै सचेत हुनुपर्ने बताउनुभयो। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्