नागरिकता लिन व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

काठमाडौँ, माघ १५। गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्न गृह वा मातहतका निकायमार्फत् मात्र आवेदन दिन पाउने भएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले व्यक्ति स्वयम् उपस्थित भई गृह वा मातहतका निकायबाट आवेदन दिनुपर्ने व्यवस्थामा सहमति गरेको हो ।
सरकारले पेस गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको मूल विधेयकमा गृह मन्त्रालयमा आवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।
कतिपय सांससदहरूले सम्बन्धित देशकै कूटनीतिक नियोगबाट आवेदन दिन मिल्ने व्यवस्थाका लागि संशोधन दर्ता गर्नुभएको थियो ।
नागरिकताको आवेदन मन्त्रालयको सट्टा कूटनीतिक नियोगबाट आवेदन दिन सकिने व्यवस्थाका लागि संशोधन दर्ता गरिएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसदहरू कृष्णभक्त पोखरेल, गणेशकुमार पहाडी, इन्दुकुमारी शर्मा र तुलसी थापा तथा नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडु र दिव्यमणि राजभण्डारीले कूटनीतिक नियोगबाट आवेदन दिनसक्ने पक्षमा संशोधन दर्ता गर्नुभएको थियो । संशोधन प्रस्तावलाई समितिले अस्वीकार गरेको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्