नेपालको युएईमाथि रोमाञ्चक जित, कप्तान पारस खड्काको सतक

काठमाडौ, १४ माघ । तीन एकदिवसीय सिरिजमा नेपालको युएईमाथि रोमाञ्चक जित भएकोे छ ।

खेलमा युएई ४ विकेटले पराजित भएको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियाृे । यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले ।

साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे । २५५ रनको लक्ष्य पाएको नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्या नेपालको तर्फबाट कप्तान पारस खड्काले सतकीय योगदान दिए ।

प्रतिक्रिया दिनुहोस्